बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ
ratopati.com · Mon Oct 05 18:42:30 GMT 2026

काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् । उनलाई काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा शाहीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । प्रहरीका अनुसार शाहीविरुद्ध रु एक करोड ५० लाख बिगो रकम कायम गरिएको बैङ्किङ कसुर मुद्दा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)