मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

बाँदर आतंक समाधान गर्ने एआई आधारित अवधारणाले जित्यो 'बिल्ड नेपाल ह्याकाथन २०२६'

ictsamachar.com

काठमाडौं । नेपालका वास्तविक सामाजिक तथा आर्थिक समस्याको प्रविधिमार्फत समाधान खोज्ने उद्देश्यले आयोजित ‘बिल्ड नेपाल ह्याकाथन २०२६’ सम्पन्न भएको छ । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुई दिने प्रतियोगितामा ग्रामीण क्षेत्रमा बाँदर आतंकबाट किसानको बाली जोगाउने प्रविधिमा आधारित परियोजना उत्कृष्ट घोषित भएको छ ।

‘बिल्ड टुडे, ट्रान्सफर्म टुमोरो’ नारासहित अगस्ट १ र २ मा सम्पन्न ह्याकाथनमा विभिन्न शैक्षिक संस्थाका ६० भन्दा बढी युवाले सहभागिता जनाएका थिए । उनीहरूले कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स र क्लाउड कम्प्युटिङ प्रयोग गरी नेपालका चुनौती समाधान गर्ने कार्यात्मक नमुना (प्रोटोटाइप) तयार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)