सुके पानीको ‘मूल’ बढ्यो सङ्कट
barnanmedia.com · Mon Jun 08 05:01:13 GMT 2026

बर्दिबास–१ का ७५ वर्षीय भक्त भण्डारी बस्तीको सिरानको पानीखोल्सीको अवस्था देखेर वीरक्तिनुहुन्छ । “यो खोल्सीको जरुवा दुई दशकअघि पहिलेको बर्दिबास क्षेत्रभरिकै खानेपानीको स्रोत थियो, अहिले त पानी बग्ने पहिलेको ठाउँमा सुक्खा छन् ।” बर्दिबास–१ को सिरानको दाहाल्नी खोल्सीको पनि उस्तै हाल भएको उहाँ बताउनुहुन्छ ।
बर्दिबासमात्र नभएर छिमेकको भङ्गाहा–४ पलारको जोकाहा भूल (जरुवा) मासिएको छ । एक समयमा जोकाहा भूलको पानी सम्झेर बटुवा टाढैदेखि तिर्खा साँचेर आउने गरेका पलारका ८५ वर्षीय चौठी बाँतरलाई हिजोझैँ लाग्छ । “जोकाहा मूल खानेपानीमात्र नभएर खेतको सिँचाइका लागि पनि प्रयोग गरिन्थ्यो, यसैको नाउँमा यहाँका खेत धान उत्पादनका लागि कहलिएको थियो”, विगत सम्झदै उहाँ भन्नुहुन्छ, “देख्दादेख्दै यो मूल पुरियोे, अहिले पानीको नाउँनिसान छैन ।” भण्डारी र बाँतरजस्तै विजलपुरा जुडी टोलका ८० वर्षीय प्रमोदकुमार सिंह जुडी भूलले सिँचाइ हुने दुई दशकअघिको अब्बल जग्गा अब काँस पनि नउम्रने बनेको लामो सुस्केरा हाल्दै बताउनुहुन्छ । अब त पछिल्लो पुस्तालाई भूलबारे बताउन पनि दन्त्यकथा हाल्नुपर्ने अवस्था बनेको सिंह वीरक्तिदै बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)