पाकिस्तानका कप्तान बाबर भन्छन्– नेपाललाई सहज प्रतिद्वन्द्वीको रूपमा लिएका छैनौँ
baahrakhari.com · Tue Aug 29 17:44:00 GMT 2023
काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सहजरूपमा नलिएको बताएका छन् । एसिया कपको उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आजमले क्रिकेटमा कुनै पनि टिम कमजोर नहुने बताए ।
उनले भोलिको खेलमा नेपालविरुद्ध पनि निश्चित रणनीति बनाएको बताए । “क्रिकेटमा कुनै पनि टिमलाई सहजरूपमा लिन सकिँदैन । एक क्रिकेटरको रूपमा कसैलाई पनि सहजरूपमा लिनुहुँदैन भन्ने मैले सिकेको छु । विपक्षी जस्तो भए पनि त्यसका लागि पूरा योजना बनाउन पर्छ, जसरी अन्य टिमविरुद्ध बनाइन्छ । हामीले योजना बनाएका छौँ । उनीहरू (नेपाल) को कुन क्षेत्र बलियो र कुन क्षेत्र कमजोर भन्नेबारे अध्ययन गरेका छौँ र त्यसअनुसारको रणनीति बनाएका छौँ । पहिलो खेल हो र हाम्रो लागि महत्त्वपूर्ण पनि छ । त्यसकारण हामी राम्रो सुरुआत गर्न चाहन्छौँ,” बाबरले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)