टेकुको ‘फोहोरबाट ऊर्जा’ परियोजना पुनः सञ्चालन हुने, २ महिनाभित्र काम सक्ने लक्ष्य
arthasansar.com · Tue Aug 04 05:10:25 GMT 2026

काठमाडौँ महानगरपालिकाले टेकुस्थित लामो समयदेखि बन्द रहेको ‘फोहोरबाट ऊर्जा’ परियोजनालाई आगामी दुई महिनाभित्र पुनः सञ्चालनमा ल्याउने भएको छ। परियोजनाको पुनःस्थापना र दिगो सञ्चालनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) का कार्यकारी निर्देशक नवराज ढकालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जसअनुसार आवश्यक वित्तीय स्रोत विश्व बैंकको ‘मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम’ मार्फत व्यवस्थापन गरिनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलबीच आयोजना चालु वर्षभित्रै सञ्चालन गर्ने तथा सडकबत्ती व्यवस्थापनबारे छलफल भइसकेको अवस्थामा, कार्यवाहक प्रमुख डङ्गोलले तोकिएकै समयमा काम सकिने विश्वास व्यक्त गर्दै भविष्यमा पनि एईपीसीसँगको सहकार्य निरन्तर रहने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)