कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्तादेखि दोस्रो नामावली प्रकाशनसम्मको कार्यसूची
ratopati.com · Mon Oct 05 19:02:10 GMT 2026

काठमाडौँ । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । सोमबारदेखि बन्दसत्र सुरु भएको महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार आज दिनभर उम्मेदवारी दर्तादेखि नामावली प्रकाशनसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विभिन्न पदका लागि उम्मेदवारीको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । मनोनयन दर्ताको समय समाप्त भएपछि समितिले आजै दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)