भिरबाट बोलेरो खस्दा आठको मृत्यु, नौ घाइते
nayapatrikadaily.com · Fri Mar 15 00:24:00 GMT 2024
उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनी चुहारको भिरबाट बोलेरो खस्दा आठजनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार को.१ज २५९३ नम्बरको जिप बिहीबार बिहान ११ बजेतिर दुर्घटनामा पर्दा घटनास्थलमै सात र उपचारका क्रममा एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका– १६ का ४२ वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका– २ का ७० वर्षीया पर्वतमाया राई, सोही स्थानका २३ वर्षीय चन्द्रप्रकाश राई, प्रकाश राईका ६ महिने छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका– ९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँपालिका– ५ की ३० वर्षीया रामकुमारी राई, ४२ वर्षीय किसान राई र सुनसरी इटहरीका ४५ वर्षीय कमल अधिकारी छन् । किसानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)