मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्युठान दुर्घटनाका मृतकको पहिचान खुल्यो

shilapatra.com · Fri May 15 10:04:13 GMT 2026

प्युठानमा भ्यान दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भ्यान चालक प्युठान नगरपालिका–४ का अन्दाजी २४ वर्षीय दिलिप परियार र भ्यानमा सवार मल्लरानी गाउँपालिका–५ धुदी बस्ने अन्दाजी २६ वर्षीय अभिषेक कुँवर रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

शुक्रबार दिउँसो माण्डवी गाउँपालिका–१ डाम्रीखोला नजिकै देवीस्थान–दाङ सडकखण्डमा लु.प्र. ०२००१ ज ०१०४ नम्बरको मारुती भ्यान दुर्घटना भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)