सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भेटे सभापति थापालाई
baahrakhari.com · Fri May 15 10:07:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । शुक्रबार (जेठ १) बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरूबीच भेटवार्ता भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
प्रदेशको सत्तासमीकरण फेरबदल गर्ने तयारी भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)