नेदरल्यान्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११
onlinekhabar.com · Fri Feb 16 16:21:45 GMT 2024
४ फागुन काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान ९:३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो । पछिल्लो खेलबाट नेपालले प्लेइङ ११ मा दुई परिवर्तन गर्ने सम्भावना रहन्छ । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्टरनेशल लिग टी–२० क्रिकेट खेलेर युएईबाट शुक्रबार साँझ फर्किएको हुँदा प्लेइङ ११ मा स्थान पक्का देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)