'म अझै फिल्म बनाउन सक्छु भनेर युवा पुस्तालाई देखाउन मन छ'
ekantipur.com · Sat Jan 21 13:03:11 GMT 2023
काठमाडौँ — त्यतिबेला धर्मेन्द्र निकै चल्तीमा थिए । धर्मेन्द्रजस्तै हिरो बन्छु भनेर बम्बई हानिए तुलसी घिमिरे । 'धर्मेन्द्र ह्यान्डसम कि म ?' भनेर सोध्दा आमा भन्थिन्,'तैं ह्यान्डसम छस् नि' । मुम्बई पुग्नेबित्तिकै कसैले 'फिल्ममे काम करेगा ?' भनेर सोध्ला भन्ने सोच्थे उनी ।
२४ वर्षको उमेरमै बम्बई पुगेका घिमिरेको ध्यान आफूजस्तै कलाकार बन्न आएकाहरुमा पर्यो । अग्ला कद, गह्रौं आवाज, मिलेको ज्यान । बजारको सौन्दर्य दृष्टिकोणमा टक्क मिल्नेहरुकै संघर्षले तुलसीभित्रको हिरो बन्ने सपना चक्नाचुर भयो । त्यहीबेला अठोट लिए,'हिरो नबने पनि फिल्म लाइनमा जसरी नि बस्छु ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)