इमरानको रिहाइ माग्दै मार्च
barnanmedia.com · Mon Oct 05 20:15:00 GMT 2026

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका पाँच हजारभन्दा बढी समर्थकले आइतबार खैबर पख्तुनख्वाबाट राजधानी इस्लामावादतर्फ मार्च सुरु गरेका छन् । सरकार र खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीबीच मार्च स्थगित गर्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि समर्थकहरू राजधानीतर्फ अघि बढेका हुन् ।
खान भ्रष्टाचारलगायतका अभियोगमा सन् २०२३ देखि जेलमा हुनुहुन्छ । उहाँ र उहाँको पार्टीले ती अभियोग राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन् । कारावासमा रहे पनि खानले ठूलो जनसमर्थन कायम राख्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)