एक अर्ब बक्यौता नतिरेपछि एनसेलको ब्यान्डविथ खरिदको मुद्रा सटही रोकियो
ekantipur.com · Fri Jul 05 16:45:16 UTC 2024

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले २१०० मेगाहर्ज फ्रिक्वेन्सीसम्बन्धी शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटही सहजीकरण रोकिदिएको छ । प्राधिकरणले मुद्रा सटहरू रोकिदिएपछि छ महिनायता ब्यान्डविथ खरिदबापतको ५५ करोड रुपैयाँ सिंगापुरको टाटा कम्युनिकेसन्स इन्टरनेसनललाई तिर्न असमर्थ भएको छ ।
उत्त कारण एनसेलले आफ्नो सेवामा असर परेको र भविष्यमा सेवा अवरुद्धसमेत हुन सक्ने जनाएको छ । नियामक प्राधिकरणले नियमअनुसार बक्यौता नतिरेकाले सहजीकरण सुविधा रोकिएको जनाएको छ । एनसेलले करिब १ अर्ब रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध नगराएको प्रस्ट्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)