आलेखः सहरमा बास, गाउँकै खान्कीमा चाख
deshsanchar.com · Fri Jul 05 17:15:02 UTC 2024

गलेश्वर (म्याग्दी) – भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन।
पोखरा पठाउन गाउँबाट ल्याएको अर्गानिक उत्पादनको पोको देवीस्थानबाट दरबाङ आएको बोलेरो जिपबाट निकाल्दै गर्दा दरबाङ बसपार्कमा भेटिएकी बूढाकी आफन्त पर्ने ४२ वर्षीया लालकुमारी बूढाले भनिन्, “सहरको बास भए पनि खान्की भने गाउँकै चाहिने, गाउँको उत्पादन सहरमा, बजारको गाउँमा। जङ्गलका टुसा, मुना र सागपात पनि गाउँमा नरहने भए। ”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)