धरापमा नेपालको एकदिवसीय मान्यता
neplays.com · Tue Aug 04 07:27:00 GMT 2026
काठमाडौं : नेपाली क्रिकेट यतिबेला एउटा गम्भीर मोडमा उभिएको छ । केही समयअघिसम्म विश्वकप खेल्ने सपना देखिरहेको नेपाली टोलीका लागि अहिले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउनु नै सबैभन्दा ठुलो चुनौती बनेको छ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम चरण नजिकिँदै गर्दा नेपालको प्रदर्शन र अंकतालिकाको अंकगणितले क्रिकेट समर्थकहरूलाई चिन्तित तुल्याएको छ ।
भर्खरै नेदरल्यान्ड्समा सम्पन्न त्रिकोणात्मक शृंखला नेपाली टोलीका लागि बिर्सनलायक रह्यो । नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग लगातार चारवटै खेलमा पराजित भएपछि नेपालको शीर्ष चारमा परेर सिधै विश्वकप छनोट खेल्ने बाटो लगभग बन्द भएको छ । ३२ खेल खेलिसक्दा नेपाल मात्र २४ अंकसहित छैटौं स्थानमा खुम्चिएको छ । नेपालभन्दा मुनि युएई मात्र छ, जबकि क्यानडाले नेपालभन्दा कम खेल खेलेर पनि समान अंक जोडेको छ, जसले नेपाललाई थप दबाबमा पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)