डेमोक्रेटिक पार्टीभित्र ‘समाजवादी’ लहर
ratopati.com · Tue Aug 04 07:15:00 GMT 2026

शिकागो । म्याककर्मिक प्लेसको कर्पोरेट शैलीको सजावट र औद्योगिक कलाकृतिबीच ‘डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका (डीएसए)’ ले आफ्नो अर्को कदमको तयारीमा एक साता बितायो। उनीहरूको मुख्य उद्देश्य डेमोक्रेटिक पार्टीभित्र आफ्नो प्रभाव विस्तार गर्नु र पुँजीवादलाई चुनौती दिनु हो।
‘डीएसए मर्च’ नामको स्टलमा गुलाबको चित्र र ‘ग्रीन न्यु डिल’ का नारा लेखिएका ३० डलरका टी-सर्ट र ४५ डलरका स्विटर बिक्रीमा राखिएका थिए। स्थानीय समाजवादी पुस्तक पसलको स्टलमा प्यालेस्टिनी कविता सङ्ग्रह, ‘ब्ल्याक प्यान्थर्स’ को इतिहास, ‘द कम्युनिस्ट मेनिफेस्टो’ र ‘प्रिजनर्स मस्ट फल’ (कैदीहरू मुक्त हुनैपर्छ) नामको बालपुस्तक प्रदर्शनमा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)