विश्वकपले ईपीएल ६ साता विश्राम
ekantipur.com · Tue Nov 15 01:07:17 GMT 2022
लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) ले अहिलेसम्म कहिल्यै नभएको ६ साताको विश्राम लिँदै छ । कारण हो, कतारमा हुने विश्वकप । यो सप्ताहन्तका खेल सबै सकिएका छन् । अब फेरि डिसेम्बर २६ देखि मात्र खेल सुरु हुनेछ । विश्वकप आफैं नोभेम्बर २० मा सुरु भएर डिसेम्बर १८ मा सकिनेछ । यस्तोमा प्रश्न हो, विश्वकप विश्रामअघि ईपीएलको वास्तविक स्थिति कस्तो छ त ? यो प्रश्न किन महत्त्वपूर्ण छ भने यो लिग नै त्यस्तो प्रतियोगिता हो, जसबाट सबैभन्दा बढी खेलाडीले विश्वकप खेल्नेछन् ।
आर्सनल लिगको शीर्षस्थानमा छ । टोलीलाई दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीमाथि ५ अंकको अग्रता प्राप्त छ । सन् २००७–०८ को सिजनयता आर्सनल क्रिसमसअघि लिग तालिकाको शीर्षस्थानमा रहेको पहिलोपल्ट हो । आर्सनलको १४ खेलबाट ३७ अंक छ । उसले आफ्नो इतिहासकै सबैभन्दा राम्रो सुरुआत पाएको छ । महत्त्वपूर्ण तथ्य के छ भने सुरुआती १४ खेलमध्ये १२ मा विजयी रहने सबै टिमले अहिलेसम्म अन्त्यमा लिग जितेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)