नेपालमा बाम आन्दोलन, नयाँ पुस्ता र आगामी कार्यदिशा
nepalpress.com · Tue Aug 04 03:50:49 GMT 2026

भ्रष्टाचार र कुशासनविरुद्धको २०८२ भदौ २३–२४ गतेको जेनजी विद्रोहपछिको निर्वाचनमा रास्वपाले असाधारण जनमत प्राप्त गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति, सरकारमा स्थायित्व र परिवर्तनको एजेन्डासहित सरकारको नेतृत्व गरेको छ। बालेन सरकार प्रमुख बनेपछि देशको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति, व्यवस्थापनको नाममा काठमाडौँसहित देशभर भूमिहीन सुकुम्वासीमाथि गरिएका ज्यादतीका कारण सरकार आलोचित बनेको छ। यद्यपि भ्रष्टाचारविरुद्धका केही ठूला फाइल अघि बढाउने निर्णय, संविधान संशोधनलगायतका मुद्दासहित देशको राजनीतिक बहस अगाडि बढिरहेको छ।
यता, पुराना राजनीतिक शक्तिहरूमा नीति र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको बहससँगै आन्तरिक विवादको बीजारोपण भएको छ भने निर्वाचनको शर्मनाक हारपछि एमालेमा पुनः नेतृत्व परिवर्तन वा सङ्गठन पुनर्गठनको बहस सुरु भएको छ। उता प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीभित्र पनि पुस्तान्तरणलगायतका विषयमा मतभेद देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)