‘लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आवेदन दिने समय थप
arthasansar.com · Tue Aug 04 07:28:47 GMT 2026

लक्ष्मी सनराइज बैंक लिमिटेडको बिक्री खुला गरेको डिबेन्चरमा आवेदन दिने समथ थप भएको छ । बैंकले साउन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि लम्बिएको हो ।
बैंकले निष्काशन गरेको १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा अब साउन २८ गतेसम्म आवेदन दिन सकिने भएको छ । यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने क्यापिटलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)