मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठोस फोहोर व्यवस्थापनबारे अध्ययन गर्न जाइकासँग सम्झौता

abhiyandaily.com

काठमाडौं (अस) । ठोस फोहोर व्यवस्थापन सम्बन्धमा जापान अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका) र नेपाल सरकारबीच सम्झौता भएको छ । पोखरा महानगरमा ठोस फोहोर व्यवस्थापनको महायोजना अध्ययनका लागि दुई पक्षले एक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

शहरभर समावेशी सफाइको वातावरण सुधार गर्न लक्षित उक्त महायोजनाले महानगरमा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना तयार पार्नेछ । यसले सहश्राब्दी विकास लक्ष्यको छैटौं लक्ष्य हासिलमा योगदान दिने बताइएको छ । पोखरा देशकै दोस्रो ठूलो शहर र पर्यटकीय गन्तव्य रहेको भए पनि ठोस फोहोरको उपयुक्त व्यवस्थापनको अभाव छ । ढल प्रणाली नभएकाले सबै फोहोर पानी राम्रोसँग व्यवस्थित गरिएको छैन । यसले जमीनको सतहमुनिको पानीको स्तर पनि खस्किने जोखिम निरन्तर बढेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)