मर्चेन्ट नेभीका क्याप्टेन जीवितै रहेको दाबी, पत्नीद्वारा भारतीय सर्वोच्च अदालतमा रिट दायर
ratopati.com · Tue Aug 04 07:34:48 GMT 2026

नयाँदिल्ली । हर्मुज जलमार्गमा भएको मिसाइल आक्रमणमा मृत्यु भएको आशंका गरिएका मर्चेन्ट नेभीका क्याप्टेन आशिष कुमारकी पत्नीले उनी जीवितै रहेको र कब्जामा रहेको दाबी गर्दै भारतीय सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्।
उनले भारत सरकारको परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई विपक्षी बनाउँदै रिट निवेदन दर्ता गरेकी हुन्। निवेदनमा सबै कूटनीतिक, कन्सुलर तथा गुप्तचर संयन्त्र प्रयोग गरी क्याप्टेन आशिष कुमारको खोजी गर्न, उनको अवस्थाबारे पत्ता लगाउन र उनलाई अदालतमा उपस्थित गराउन आदेश दिन माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)