स्टुडियो थिएटरमा ‘शत्रु’ मञ्चन
ratopati.com · Tue Aug 04 07:31:45 GMT 2026

काठमाडौं । पिङ्गलास्थानस्थित ‘फिल्म क्याम्पस’को स्टुडियो थिएटरमा सोमबारदेखि नाटक ‘शत्रु’ मञ्चन सुरु भएको छ। नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वरप्रसाद (बीपी) कोइरालाद्वारा लिखित चर्चित मनोवैज्ञानिक कथा ‘शत्रु’लाई श्रीकृष्ण शाहीले नाट्य रूपान्तरण गरेका हुन्।
रामभजन कामत र पुष्पराज अवस्थीको संयुक्त परिकल्पना तथा निर्देशन रहेको उक्त नाटक कक्षा १० को पाठ्यपुस्तकमा पनि समावेश छ। नाटकमा प्रह्लाद खरेल, विपुल थापा, रेश्मा भट्टराई, उत्सव बुढाथोकी, राजुराज पुरी, सञ्जय चौधरी, महेश खड्का, अभिभ घिमिरे, जयप्रकाश विक र नेहा महरालगायत कलाकारको अभिनय रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)