मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वास्थ्य सेवामा गरिब तथा विपन्नलाई लाभ

gorkhapatraonline.com · Tue Dec 26 00:42:03 GMT 2023

काठमाडौँ, पुस १० गते । वर्तमान सरकार गठन भएको एक वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको छ । त्यसको प्रत्यक्ष लाभ गरिब तथा विपन्न वर्गले पाउने अवस्था सिर्जना भएको छ । गरिबको निःशुल्क उपचार गर्ने व्यवस्थादेखि लिएर निजी क्षेत्रका अस्पतालमा समेत १० प्रतिशत शय्या अनिवार्य निःशुल्क छुट्याउनुपर्ने र निजी अस्पतालले उपचारमा समेत १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । यसअघि पनि १० प्रतिशत शय्या र उपचार निःशुल्क हुनुपर्ने व्यवस्था भए पनि निजी अस्पतालमा कार्यान्वयन भएको थिएन ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको दाबी गर्नुभयो । उहाँले आफू स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्यको बजेट सिलिङ १२ अर्बले बढाउन र प्रत्येक सरकारी अस्पतालमा निःशुल्क शøयाको व्यवस्था गर्न सफल भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)