व्यापार तनाव घटाउन इयु–चीन वार्ता
barnanmedia.com · Mon Oct 05 21:15:00 GMT 2026

बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ) इयु र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन् । इयुका व्यापार प्रमुख मारोस सेफकोभिक बिहीबार दुईदिने वार्ताका लागि बेइजिङ जाने कार्यक्रम छ ।
सन् २०२५ मा चीनसँग इयुको व्यापार घाटा करिब तीन खर्ब ६० अर्ब युरो पुगेको थियो । चीनबाट विद्युतीय तथा हाइब्रिड कार, मेसिनरी, कपडा, धातु र रसायनलगायत वस्तुको आयात बढिरहेकाले इयुले युरोपेली उद्योगको संरक्षणका उपाय अघि बढाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)