अनुगमनका नाममा आतङ्क मच्चाएको व्यवसायीको गुनासो
rajdhanidaily.com · Sat Aug 26 23:22:03 GMT 2023
इलाम । इलामका व्यापारिले अनुगमनका नाममा प्रशासनले आतङ्क मच्चाएको बताएका छन । पछिल्लो समयमा हुने गरेको अनुगमनले व्यवसायीको कुरै नसुनि जरिमाना तोक्दै आतङ्क मच्चाएको बताएका हुन । शनिबार पत्रकार संम्मेलन गरि युवा विदेश पलायन भइरहेको समयमा व्यवसाय गरेका युवालाई पनि अस्वभाविक जरिवानाले व्यवसाय प्रति आतङ्कित मच्चाएको गुनासो गरे । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तिब्रता दिईरहेको छ । अनुगमनकै क्रममा गत साउन ३० गते इलाम बजारको माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्समा जिल्ला प्रशासन कार्यालयले अनुगमन ग¥यो । करदाता सेवा कार्यालयको प्रतिनिधित्वमा भएकै बजार अनुगमनले अनुदानमा आएको मल बिक्री गरेको भन्दै भदौ तीन गते दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।
अनुगमनले अनुदानका लागि आएको मल अनुमति नभएको ठाउँबाट बिक्री भएको पाएपछि जरिवाना गरेको जनाएको छ । अनुगमन टोलीले कुनै वैधानिक कागजात, बिक्री इजाजत पत्र, खरिद तथा बिक्री बिल समेत नरहेको भन्दै उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकोले सोही ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम दुई लाख जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइरालाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)