थपिएन अझै एमक्यापको म्याद
annapurnapost.com · Mon Jan 17 06:31:00 GMT 2022
गोरखा : प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद सकिएको डेढ वर्ष भइसक्यो तर अहिलेसम्म म्याद थपिएको छैन। यसको असर प्राकृतिक सम्पदाको व्यवस्थापनमा देखिएको छ।
जडीबुटी संकलन, ओसारपोसार तथा बिक्री वितरणका लागि पुर्जी बन्द हुँदा थप समस्या भएको स्थानीयवासीको गुनासो छ। ‘हाम्रो क्षेत्रको मुख्य आयस्रोत भनेको नै जडीबुटीहरू हो। यसअघि एमक्यापमा पुर्जी काटेर जडीबुटी संकलन र ओसारपोसार गरिन्थ्यो’, चुमनुब्री गाउँपालिका–१ का कर्मा छेवाङ लामा भन्छन्, ‘तर अहिले पुर्जी काट्न नपाउँदा हाम्रो ठाउँमा जडीबुटी संकलन गर्न पनि पाएको छैन। ओसारपोसार गर्न पनि पाएको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)