स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
nepalbahas.com · Mon Jun 08 05:19:41 GMT 2026

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
२५ जेठ, काठमाडौं । प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रूपैयाँसहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय भीम श्रीनिवासलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
गोसाईकुण्ड गाउँपालिका—६ धुन्चे बजारबाट स्रोत नखुलेको नगद १९ लाख ५२ हजार १ सयसहित सोही गाउँपालिका—३ वृद्दिम बस्ने ३६ वर्षीय मिङमार छिरिङ गुरुङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीले स्याफ्रुबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमोमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अपराध
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ
जेठ २४, २०८३ आइतबार
परीक्षार्थीका मोबाइल नष्ट प्रकरण ; उचित क्षतिपूर्तिका लागि सोमबारदेखि आन्दोलन गर्ने विद्यार्थीको घोषणा
जेठ २४, २०८३ आइतबार
विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ
जेठ २२, २०८३ शुक्रबार
नेपालबहस ट्रेन्डिङ
आईजीपी कार्कीको कमाण्ड क्षमतामा प्रश्न !
नेपालबहस संवाददाता
जेठ २३, २०८३ शनिबार
मोबाइलसँगै नष्ट भए जन्मदर्ता र सम्झना, अभिभावकको पुकार नसुन्ने सिरहाका अधिकारीमाथि कारबाहीको माग
नेपालबहस संवाददाता
जेठ २३, २०८३ शनिबार
नेपाली समाज नियमित कोर्ष मै छ
नेपालबहस संवाददाता
जेठ २२, २०८३ शुक्रबार
क्षेप्यास्त्र आक्रमणपछि इरान र अमेरिकाबीचको तनाव थप उत्कर्षमा, मध्यपुर्वी देशमा संकट उत्पन्न
नेपालबहस संवाददाता
जेठ २४, २०८३ आइतबार
Tweets by nepalbahas
लोकप्रिय
१
क्षेप्यास्त्र आक्रमणपछि इरान र अमेरिकाबीचको तनाव थप उत्कर्षमा, मध्यपुर्वी देशमा संकट उत्पन्न
जेठ २४, २०८३ आइतबार
२
स्वास्थ्यमन्त्री मेहता भन्छिन्, मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन
जेठ २४, २०८३ आइतबार
३
भारतका शिक्षामन्त्रीको राजीनामा माग्दै दिल्लीको जन्तर–मन्तरमा ५ घण्टा प्रदर्शन
जेठ २४, २०८३ आइतबार
छुटाउनुभयो कि?
प्रधानन्यायाधीशमा रोलक्रम मिचिएको भन्दै रुष्ट बनेकी न्यायाधीश मल्ल २० दिनपछि सर्वोच्चमा हाजिर
जेठ २५, २०८३ सोमबार
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
जेठ २५, २०८३ सोमबार
फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
जेठ २५, २०८३ सोमबार
प्रधानमन्त्रीको अभिब्यक्तिका कारण अवरुद्ध संसद सुचारु गर्नेबारे सिंहदरबारमा सर्वदलीय छलफल
जेठ २५, २०८३ सोमबार
परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमणमा जाने
जेठ २५, २०८३ सोमबार
राजनीतिक छलफलका लागि रास्वपाद्वारा बोलाइएको सर्वदलीय बैठकमा गगन नजाने
जेठ २५, २०८३ सोमबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
नेपाल प्रहरी