अमरेशकुमार सिंहको प्रश्न– मधेशमा सधैँ गोली किन चल्छ ?
shilapatra.com · Tue Aug 04 08:11:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मधेश प्रदेशमा सधैँ गोली किन चल्छ भन्ने प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठमा बोल्दै सांसद सिंहले संसारमा प्रहरीलाई एसएलआर दिइने देश नेपाल मात्र रहेको दाबी गरे ।
‘२०६३ सालदेखि म सांसद छु । मेरो प्रश्न राज्यसँग छ । मधेशमा केही समुदायको होस्, चाहे थरुहट आन्दोलन होस्, त्यहाँ गोली मात्र किन चल्छ ? त्यहाँ लाठी किन चल्दैन ? टियर ग्यास किन चल्दैन ?,’ उनले भने, ‘दुनियाँमा नेपालबाहेक प्रहरीलाई एसएलआर दिइँदैन । पुलिसलाई कसैले ढुंगा हान्छ भने उसले गोली चलाउँछ । या त ट्रेनिङ पुगेन या सुरक्षा निकायमा जानेबितिक्कै त्यहाँ मनोविज्ञान क्रियट हुन्छ कि यो विदेशी सेना हो विदेशी फौज हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)