बोर्डिङका विद्यार्थी आकर्षित गर्दै आधारभूत विद्यालय
ekantipur.com · Wed Jan 12 00:29:17 GMT 2022
बुद्धशान्ति, झापा — गत शैक्षिक सत्रमा करिब ४ सय विद्यार्थी बोर्डिङ छाडेर झापा, बुद्धशान्ति–२ गोपालडाँडाको सरस्वती आधारभूत विद्यालयमा भर्नाका लागि आएका थिए । त्यसरी आएकामध्ये २ सय ३५ जनाले मात्रै भर्ना पाए, १ सय ७२ जना विद्यार्थी फर्किनुपर्यो ।
कारण थियो, कक्षा कोठा र शिक्षक अभाव । यो देहाती विद्यालय निजी क्षेत्रबाट सञ्चालितभन्दा अब्बल मानिन्छ । पढेको पैसा लाग्दैन । त्यही कारण अभिभावकहरू आफ्ना नानी भर्ना गर्न मरिहत्ते गर्छन् । स्कुल सरकारी तवरबाट उपेक्षित छ । दाताको भरथेगले जसोतसो चलेको छ । ‘दाताहरू नहुने हो भने स्कुल पहिल्यै मर्ज भइसक्ने थियो,’ प्रधानाध्यापक लोकबहादुर माझी भन्छन्, ‘सरकारले हेपेको, दाताले चेपेको हो हाम्रो स्कुल ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)