मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहयोग

gorkhapatraonline.com · Fri Aug 19 00:52:43 GMT 2022

काठमाडौँ, भदौ ३ गते । काठमाडौँ उपत्यकाको फोहोर सङ्कलन तथा व्यवस्थापनमा नेपाल टिप्पर तथा ट्रक व्यवसायी समिति र निर्माण कम्पनीले सवारीसाधन उपलब्ध गराएर सहयोग गरेको छ । काठमाडौँ महानगरका साधन सीमित रहेका कारण निजी क्षेत्रको व्यवस्थापन सहयोगमा २८४ टिप्पर फोहोर बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ ।

काठमाडौँको चोक, सडकपेटी र टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहोरलाई बन्चरेडाँडासम्म पु-याई त्यसको व्यवस्थापनमा उनीहरूले सहयोग गरेका हुन् । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले टिप्पर, ट्रकजस्ता ठूला मेसिनरीका व्यवसायीको सहयोगले मात्रै छोटो समयमा धेरैभन्दा धेरै फोहोर उठाउन सकिन्छ भन्ने आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गरेकामा धन्यवाद दिनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)