प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रीले गरे मधेशको अवस्थाबारे ब्रिफिङ
annapurnapost.com · Tue Aug 04 08:25:38 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनीहरूबीच मंगलबार बिहान भेटवार्ता भएको हो। भेटका क्रममा गृहमन्त्री गुरूङले तराई-मधेशको पछिल्लो सुरक्षा अवस्था र विकसित घटनाक्रमबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको स्रोतले बताएको छ।
मोरङ र मधेशका केही क्षेत्रमा दुई समूहबीच तनाव उत्पन्न भएपछि गृहमन्त्री गुरूङ स्थलगल अनुगमनका लागि त्यहाँ गएका थिए। उनले सुनसरी पुगेर मृतकका परिवारसँग छलफल तथा सहमतिपछि काठमाडौं फर्किएका हुन्। साथै सिरहा पुगेर पीडितका परिवारसँग विभिन्न सम्झौता गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)