मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्युठानमा दुर्घटना : दुई जनाको मृत्यु

gorkhapatraonline.com · Fri May 15 10:21:37 GMT 2026

प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा एक मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा भ्यान चालक प्युठान नगरपालिका–४ बस्ने अन्दाजी २४ वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका–५ धुदी बस्ने अन्दाजी २६ वर्षीय अभिषेक कुँवर रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)