कर्णाली सरकारले पाएन पूर्णता, भागबण्डामै अल्झियो मन्त्रिपरिषद् विस्तार
baahrakhari.com · Tue Aug 04 08:34:30 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सत्ता साझेदार दलबीच मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको सरकार अझै अपूर्ण बनेको हो ।
गएको साउन १२ गते कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्रीमा शाही नियुक्त भएका थिए । शाहीले भोलिपल्ट बुधबार एक्लै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदभार सम्हालेका थिए । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका उनले सत्ता साझेदारसँग मन्त्रालय बाँडफाँटमा सहमति नजुटेकै कारण अन्य मन्त्री नियुक्त गर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)