‘आबेनोमिक्स’ का प्रणेताको हत्या
ekantipur.com · Sat Jul 09 00:09:57 GMT 2022
टोकियो — कार्यकाल एक वर्ष बाँकी थियो, लोकप्रियता उकालोमै थियो । पार्टीभित्र पकड जबर्जस्त थियो । उमेर पनि ६५ मात्र, तर पनि २८ अगस्ट २०२० मा सिन्जो आबेले अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिए । स्वास्थ्य प्रतिकूल भएकाले पदमा बस्न नहुने भन्दै कार्यकारी पदबाट अलग भएको दुई वर्षपछि पनि उनी पार्टीका लागि प्रचारमा सक्रिय थिए, यही क्रममा शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेपछि आबेको मृत्यु भएको छ ।
जापानको माथिल्लो सदनका लागि आइतबार निर्वाचन हुँदै छ, लिबरल डेमोक्र्याटिक पार्टीलाई मत माग्न उनी शुक्रबार नारा सहरमा थिए । यही नै उनको राजनीतिक मात्र होइन, व्यक्तिगत जीवनको पनि अन्तिम क्षण बन्न पुग्यो । जापानी जलसेनामा काम गरेका व्यक्तिले घरमै बनाएको बन्दुकबाट चलाएको गोली लागेपछि आबेको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)