नेपाललाई वेस्टइन्डिजविरुद्ध ऐतिहासिक शृंखला
ekantipur.com · Mon Sep 29 18:07:25 GMT 2025
काठमाडौँ — नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ९० रनले पराजित गर्यो ।
आसिफ शेख र सन्दीप जोराको अर्धशतकमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७३ रन बनाएको थियो । तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेका आदिल आलमले ४ विकेट लिएपछि जबाफमा आएको वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)