एसिया कप क्रिकेटमा श्रीलङ्काले पाकिस्तानलाई हरायाे
Ujyaaloonline.com · Sat Sep 10 00:42:51 GMT 2022
काठमाण्डाै – एसिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले पाकिस्तानलाई हराएको छ । दुबई अन्तर्राष्ट्रिय मैदानमा गए राति भएको 'सुपर फोर' को अन्तिम खेलमा श्रीलङ्काले पाकिस्तानले पाँच विकेटले हराएको हो ।
पाकिस्तानले दिएको एक सय २२ रनको सामान्य लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर १८ बलअघि नै भेटायो । उसका लागि पथुम निशंकाले नटआउट ५५, भानुका राजापाक्षेले २४ र दसुन सनाकाले २१ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद होसनैन र हसन अलीले दुई/दुई विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)