एमाले विवाद समाधानउन्मुख :पावर सेयरिङबारे प्रधानमन्त्री ओली र नेपालबीच छलफल
kathmandupati.com · Wed Jul 07 16:40:17 GMT 2021
काठमाण्डु -नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । काठमाण्डुको होटल मेरियटमा बुधवार सांझ भएको भेटवार्ता सकरात्मक भएको नेताहरुले बताएका छन् ।
छलफलमा क्रममा दुवै नेताबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुनुको साथै पावर सेयरिङमा समेत कुराकानी भएको थियो । आजको बैठकमा ठोस सहमती नभएपनि छलफल भने सकरात्मक रुपमा अगाडी बढेको स्रोतले बतायो । नेता नेपालले आजको बैठकमा एक व्यक्ति एक मुख्य जिम्मेवारीका विषयलाई प्राथमिकताका साथ उठाएका थिए । तर अध्यक्ष ओली त्यसमा पूर्ण रुपले सहमत नभएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)