मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियाली खेलकुदको २०औँ संस्करण सम्पन्न

barnanmedia.com · Mon Oct 05 23:17:26 GMT 2026

एसियाली खेलकुदको २०औँ संस्करण सम्पन्न भएको छ । जापानमा दुई सातासम्म चलेको प्रतियोगिताले विश्व कीर्तिमान, युवा खेलाडीको असाधारण प्रदर्शन र रोमाञ्चक प्रतिस्पर्धाका कारण खेलप्रेमीलाई धेरै सम्झनलायक क्षण दियो । तर, प्रतियोगिता व्यवस्थापनका कमजोरी, आवास तथा यातायातको अस्तव्यस्तता र अपेक्षाकृत कमजोर दर्शक उपस्थितिका कारण आलोचनाबाट पनि मुक्त हुन सकेन । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले भने आइची-नागोया एसियाली खेलकुदलाई सफल प्रतियोगिताका रूपमा मूल्यांकन गरेको छ । प्रतियोगिताबाट तीन वर्षअघि चीनको हाङझाउमा भएको एसियाली खेलकुदको तुलनामा झण्डै २० प्रतिशत बढी आम्दानी भएको, दर्शक संख्या उल्लेख्य रहेको र विभिन्न विधामा ठूलो संख्यामा विश्व कीर्तिमान बनेको ओसिएको दाबी छ ।

तर, सफलताको दाबीसँगै खेलाडीका लागि साँघुरा कोठा, छोटा ओछ्यान, समयमा नआउने बस, गलत खेलस्थलमा पुर्‍याइएका टोली र राष्ट्रिय गान तथा झण्डा प्रदर्शनमा भएका गम्भीर त्रुटिलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कमजोरीका रूपमा औँल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)