एमालेमा १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि
ekagaj.com · Fri Sep 24 16:21:58 GMT 2021
काठमाडौँ – नेकपा एमाले सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा ती नेताहरूले पार्टी अध्यक्ष केपी ओलीसमक्ष असन्तुष्टि पोखेका हुन् ।
बैठकको प्रारम्भमै केन्द्रीय सदस्य झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाएका थिए । उपाध्यक्ष भीम रावल र अर्का नेता भानुभक्त जोशीले पनि १० बुँदे सहमति कार्यन्वयन जस्ताको तस्तै कार्यान्वयन हुन नसकेको भन्दै यसमा अध्यक्ष ओलीको स्पष्टीकरण माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)