साउदीमा तलब नपाएका श्रमिकलाई बिमाबाट भुक्तानी
ekantipur.com · Sat Nov 15 17:07:31 GMT 2025

काठमाडौँ — साउदी अरबले रोजगारदाताबाट तलब नपाएका ६९ जना नेपाली श्रमिकलाई बिमाबाट २ करोड २९ लाख ४७ हजार रुपैयाँ (६ लाख ५ हजार रियाल) भुक्तानी गरेको छ । रोजगारदाताबाट रोकिएको तलब सरकारी बिमाबाट पाउने यो नेपाली श्रमिकको पहिलो समूह हो ।
रियादस्थित नेपाली दूतावासले तलब नपाएका ४ सय ६९ नेपाली श्रमिकको दाबी पेस गरेकोमा साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले सामाजिक बिमा सार्वजनिक संस्थान (गोसी) सँगको सहकार्यमा पहिलो चरणमा ६९ जनालाई भुक्तानी दिएको हो । दूतावासले ४ सय ६९ जना श्रमिकले नपाएको १४ करोड ६१ लाख रुपैयाँ तलब दिलाइदिन मानव संसाधन मन्त्रालयलाई अनुरोध गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)