साढे ५ हजार किलोमिटर कच्ची सडक, २७७ किलोमिटर पिच
ratopati.com
विराटनगर । प्रदेश सरकारको औचित्य नभएको भन्दै आलोचना भइरहँदा प्रदेश १ सरकारले सडक सञ्जाल निर्माणमा महत्त्वपूर्ण योगदान गरेको तथ्याङ्कले देखाएको छ । प्रदेश १ सरकारको आर्थिक सर्वेक्षण प्रतिवेदन–२०७९ अनुसार प्रदेश १ सरकारले हालसम्म २७७ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
प्रदेश सरकार अस्तित्वमा आउनुअघि ५६९ किलोमिटर मात्रै कालोपत्रे सडक रहेकोमा २७७ किलोमिटर कालोपत्रे थप गर्दै प्रदेशमा हाल ८४६ किलोमिटर कालोपत्रे सडक रहेको जनाइएको छ । यस्तै प्रदेश सरकारले ६६३ किलोमिटर सडक मर्मत, एक हजार ३२९ किलोमिटर ग्राभेल, ५ हजार ४६८ किलोमिटर कच्ची र ४ दशमलव १७७ किलोमिटर सडक आरसीसी/पीसीसी गरेको छ । सर्वेक्षण प्रतिवेदन अनुसार प्रदेश सरकार अन्तर्गत हालसम्म ३७ वटा मोटरेबल पुल र ९५ वटा झोलुङ्गे पुल निर्माण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)