अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माण तीव्र: चितवनमा भण्डारण गृह बन्दै
hamrakura.com · Tue Oct 06 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अत्याधुनिक भण्डारण गृह (ग्रीन फिल्ड टर्मिनल) निर्माणका लागि जग्गा सम्याउने तथा बाहिरी पर्खाल लगाउने काम तीव्र पारिएको छ।
करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा फैलिने यस परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम पनि अन्तिम चरणमा पुगेको नेपाल आयल निगमले जनाएको छ। आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यस आयोजनाका लागि मोतीदान कन्स्ट्रक्सनले करिब ७९ करोड रुपियाँमा जग्गा पुर्ने र पर्खाल लगाउने ठेक्का पाएर काम अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)