‘विदेश जाने सपना टुटे पनि गोठबाट मिल्यो स्वदेशमै सफलता’
gorkhapatraonline.com · Mon Jun 08 05:39:29 GMT 2026

म्याग्दी, जेठ २५ गते । म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका थमप्रसाद पौडेलको घरमा दैनिकजसो दूध–दही किन्न आउने ग्राहकको भीड लाग्छ । बेनी–जोमसोम सडकसँगै रहेको उहाँको घरअगाडि बस, जिप, ट्रक र मोटरसाइकल रोकिन्छन् र यात्रुहरू दही तथा दूध किनेर लैजान्छन् ।
आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित ५१ वर्षीय पौडेलले दुई दशकअघि भने वैदेशिक रोजगारीको सपना पछ्याउँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको थियो । विसं २०६३ मा अफगानिस्तान जान दलाललाई ऋण खोजेर दिएको रु तीन लाख डुब्यो, उहाँको विदेश जाने सपना पनि अधुरै रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)