अधिकारसम्पन्न नियामक संयन्त्र बन्ने
gorkhapatraonline.com · Tue Oct 06 00:46:14 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन कानुनमार्फत बलियो एवं अधिकारसम्पन्न नियामक संयन्त्र तयार पार्न लागिएको जानकारी गराउनुभएको छ ।
बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी र मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्कासँग सोमबार मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले सञ्चार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था गर्न लागिएको बताउनुभएको हो । उहाँले सञ्चार माध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, सञ्चार माध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मिडियालाई कसरी जिम्मेवार बनाउने भन्ने सन्दर्भमा हामी बढी जिम्मेवार हुनुपर्ने छ । आजको भन्दा व्यवस्थित बनाउनका लागि नयाँ ऐननियम चाहिएको हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)