एक रनले शतकबाट चुके गाइकवड, चेन्नइले हैदराबादलाई हरायो
pahilopost.com · Sun May 01 17:44:40 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा चेन्नइ सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि जित निकालेको छ। पूणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा चेन्नइले १३ रनको रोमाञ्चक जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०२ रन बनायो। चेन्नइका लागि ओपनर ऋतुराज गाइकवड ९९ रनमा आउट हुँदा १ रनले शतकबाट चुके। त्यस्तै अर्का ओपनर डेभोन कोन्वेले अविजित ८५ रन बनाउँदा रवीन्द्र जडेजा १ रनमा अविजित रहे। त्यसअघि कप्तान महेन्द्रसिंह धोनी ८ रन बनाउँदै पेभेलियन फर्किएका थिए। बलिङतर्फ हैदराबादका टी नटराजनले दुबै विकेट लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)