विभिन्न स्थानमा मानिस मृत फेला
lokaantar.com · Mon Jan 23 01:01:06 GMT 2023
प्रहरीले विभिन्न स्थानबाट मृत व्यक्तिको शव फेला पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ती व्यक्तिहरु मृत फेलापरेपछि त्यसबारे आवश्यक अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार दाङको घोराही उपमहानगरपालिका–८ सौडीगाउँ बस्ने ७० वर्षीय हिमलाल चौधरी सोही ठाउँ सौडी सोतास्थित जमेको पानीमा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी नदीको किनारामा सोही नगरपालिका –२ तौंकी बस्ने २२ वर्षीया धनमती भट्ट मृत अवस्थामा फेला परेकी छन् । सोहीअनुसार, गुल्मीको मदाने गाउँपालिका–७ रोल्मा बस्ने ७४ वर्षीय सेते सार्की सोही ठाउँस्थित जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)