सर्वोच्चमा न्यायाधीश सिफारिस गर्न आज न्याय परिषद्को बैठक बस्दै
nepalviews.com · Tue Oct 06 01:02:15 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज न्याय परिषद्को बैठक बोलाइएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा दिउँसो १ बजे परिषद्को बैठक बस्न लागेको हो।
हाल सर्वोच्च अदालतमा चारजना न्यायाधीशको पद खाली रहेकाले सोही पदपूर्तिका विषयमा परामर्श तथा नाम सिफारिस गर्न बैठक केन्द्रित हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)