जिडिपीभन्दा जीवनमा समुन्नतिको खोजी
gorkhapatraonline.com · Tue Oct 06 01:08:30 GMT 2026

आफ्ना संस्थापक नेता स्व. बिपी कोइरालाले कल्पना गरेको लोकतान्त्रिक समाजवादको सैद्धान्तिक मूल्यलाई निरन्तरता दिँदै आएको नेपाली कांग्रेसले समुन्नत नेपालको आर्थिक तस्बिर कुल गार्हस्थ उत्पादन (जिडिपी) जस्ता सूचकमा भन्दा नागरिकको जीवनमा आउने परिवर्तनमा मापन हुनुपर्ने धारणा अघि सारेको छ ।
काठमाडौँमा जारी कांग्रेसको १५ औँ महाधिवेशनमा पार्टी सभापति गगन थापाले पेस गरेको राजनीतिक प्रस्तावमा मुलुकको आर्थिक समुन्नति मानवीय जीवनमा आउने सुधारमा देखिनुपर्नेमा जोड दिइएको छ । प्रस्ताव अनुसार नेपालको आर्थिक नीतिको केन्द्रमा अब केवल कुल गार्हस्थ उत्पादनको वृद्धि नभई नागरिकको जीवनस्तरमा आउने परिवर्तन, मर्यादित रोजगारी र देशभित्र सिर्जना हुने आर्थिक अवसर हुनुपर्ने छ । “आर्थिक वृद्धि समुन्नतिको आधार हो तर यसको अर्थ आय र उत्पादनमा सीमित हुनु हुँदैन,” प्रस्तावमा लेखिएको छ, “विकासले कसको जीवन बदल्यो, अवसर कति विस्तार गर्यो, सम्मान कति सुरक्षित रह्यो, प्रकृति र भावी पुस्तामाथि कस्तो प्रभाव पर्यो भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)