महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी
gorkhapatraonline.com · Tue Oct 06 01:27:50 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा तथा निवृत्त हुने व्यवस्थामा एकरूपता कायम गर्न आवश्यक नीतिगत व्यवस्था गरिने बताउनुभएको छ।
नेपाल स्वास्थ्य स्वयंसेवी संघ लुम्बिनी प्रदेश समितिले सोमबार मुख्यमन्त्री आचार्यसमक्ष सेवा सुविधा, सामाजिक सुरक्षा तथा निवृत्तिसम्बन्धी विभिन्न माग र सुझाव पेस गरेको थियो। माग तथा सुझाव ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय तहअनुसार स्वयंसेविकाले पाउने सेवा सुविधा फरक हुँदा समस्या देखिएको बताउँदै त्यसलाई नीतिगत सुधारमार्फत समाधान गर्न सकिने बताउनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)