मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाखण्डी समाजवादको ऐठन

nepalviews.com · Tue Oct 06 01:30:50 GMT 2026

वैज्ञानिक समाजवादी होस् या प्रजातान्त्रिक समाजवादी अथवा मात्र समाजवादी, सबै खाले समाजवादीहरू अहिले पाखण्डी समाजवादको भयानक ऐठनमा छन्। जगजाहेर छ, हरेक राजनीतिक कार्यदिशाको रणनीति र कार्यनीति हुने गर्छ। ठीक त्यसैले समाजवादी राजनीतिक कार्यदिशाको पनि रणनीति र कार्यनीति अनिवार्य हुन्छन्। जसले रणनीति बिना कार्यनीति मात्र समातेर बस्छ, त्यो वस्तुतः दक्षिणपन्थी अवसरवादमा र जसले कार्यनीति बिना रणनीति मात्र पक्डन्छ, त्यो सिधै वामपन्थी अवसरवादमा पतन हुन्छ।

आफैँतिर फर्केर भन्नुपर्छ, जनयुद्ध र जनआन्दोलन लडेर आएका नेताहरू डेढ दशकदेखि रणनीतिक समाजवाद त भनिरहेछन्, परन्तु यस अन्तरालमा उनीहरूले नेपालमा समाजवादी राजनीतिक कार्यनीति भने उपलब्ध गराएका छैनन्। हाल नेपाली अर्थराजनीतिको दु:खको प्रधान कारण यो हो। विविदै छ, कार्यनीति बिनाको रणनीतिक समाजवाद सरासर पाखण्ड ठहर्छ। त्यही पाखण्डी समाजवादको परिणामस्वरूप उनीहरू भयानक ऐठनमा परेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)